प्रशान्त तामाङ फेरि नेपाली फिल्ममा

प्रशान्त तामाङ फेरि नेपाली फिल्ममा

इन्डियन आइडलको बिजेता प्रशान्त तामाङ फेरि नेपाली फिल्मको पर्दामा देखिने भएका छन् । ब्रिटिश गोर्खा आर्मीको शाहसिक कार्यको बिषयमा बन्ने ‘गोर्खा वारीयर’मा उनी अभिनेतथाको रुपमा अनुबन्धित भइसकेका छन् ।

फिल्म मिलन चाम्सको निर्देशनमा बन्न दागेको हो । ब्रिटिश गोर्खाआर्मीहरु संसारभर चर्चित छन् । भारतमा नेपाली गोर्खाली सैनिकहरुको त छुट्टै पल्टन गोर्खा राईफल्स नै छ । नेपाल सहित बेलायत, भारत, सिँगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रुपमा साहसिक कार्यबाट ख्याती कमाएर सेवारत गोर्खा आर्मीहरुको साहसिक कार्यलाई पर्दामा देखाउन फिल्म बनाउन लागेको निर्देशक चाम्सले बताए ।

प्रशान्तले यस अगाडी ‘गोर्खा पल्टन’ नामक फिल्ममा देखिएका थिए । जुन फिल्म सुपरहिट साबित हुन सफल भएको थियो । सन् २०२१ मा रिलिज लक्ष्यसहित बन्न लागेको फिल्मका निर्माता पनि उनी आफै हुन् । फिल्ममा प्रशान्तको अलवा दयाहाङ राई, वर्षा शिवाकोटी, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले लगायतको अभिनय रहने भएको छ ।

लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने फिल्मको लेखन प्रदीप भारद्धाजले गरेका छन् । प्राविधिक पक्ष समय फाइनल भएपछि फिल्मको घोषणा हुने निर्देशक चाम्सले जानकारी दिए