मुर्झाउन थालेछन सपनाहरू, एक एक गरेर ।
किन लाग्छ बिताए जस्तो जवानी, अनेक गरेर।।
दुश्मनी भन्दा नि दोस्ती, घातक हुने सहरमा छु
आफ्नै भन्नेले लडाउछन यहाँ, हर्कत हरेक गरेर ।।
हिजोका सहयात्री जस्तै लाग्ने, ती महामहिम हरु
आज भेट्न जानू पर्छ यो शरीर ढोकामा चेक गरेर।।
सफर सगरमाथाकै किन नहोस ओर्लने बेसि नै हो
कति सकिन्छ होला राख्न आखिर थुनछेक गरेर।।
हकदार हुँ म पनि तिम्रो यो ब्यबस्थाको बुझिराख
तिमीलाई त्यत्तिकै दिइएको होइन अभिषेक गरेर।।
सहिद दिवस - २०७६-१०-१६