हामी कस्तो नेपालको परिकल्पनामा छौ ?

हामी कस्तो नेपालको परिकल्पनामा छौ ?

अबको नेपाल कस्तो हुनु पर्छ ? यो प्रश्नको जवाफमा सुन्दरताले भरिपूर्ण देश सम्बृद शाली,उन्नतिशील,विकासशील,राजनैतिक खिचातानीमा बर्से्नि रुमलिएको देशको अन्त्य भन्ने कुरा सामान्य रूपमा सबैको मुखमा राम राम भने जस्तै झुन्डिएको हुन्छ । तर आखिर कसरी बन्छ त सम्बृद शाली नेपाल ? आखिर कसले बनाउँछ त विकसित राष्ट्र ? कहिले जन्मन्छ त त्यस्तो मानिस ?  

यी बुदाँका परिपेक्षमा हेर्ने हो भने नेपाललाई एउटा आर्थिक क्रान्ति चाहिएको हुन सक्छ । कुनै पनि देशको आर्थिक मेरुदण्ड भनेको कलकारखाना स्थापना गर्नु,देश भित्र नै रोजगारी सृजना गर्नु,आधारभूत आवश्यकता परिपूर्ति गर्नको लागि अरूको देशमा भौँतारिने दिनको अन्त गर्नु,विकासका पूर्वाधारको स्थापना गर्नु भन्ने भनाइ सामान्य मानिस देखी लिइएर अर्थसाश्त्री र बिग्गेहरुको पनि भनाइ रहेको पाइन्छ ।

जलविद्युत उत्पादनको प्रचुर सम्भावना बोकेको हाम्रो देश जलविद्युतमा बढी प्राथमिकता दिनु पर्ने अवस्था देखिन्छ ।प्रशस्त खोलानाला,नदी बाट प्रशस्त मात्रामा विद्युत् उत्पादन गरेर छिमेकी मुलुकमा निर्यात गर्न सक्ने धेरै सम्भावना बोकेको छ र सम्भावना मात्र नभएर यसलाई हामीले प्राथमिकतामा राखेर काम गर्न सक्यो भने यो थोरै समयमा धेरै नाफा लिन सक्ने हामीले देखिरहेका छौ र यो बढी भन्दा बढी सम्भव पनि छ । र त्यस सँग सँगै नेपाली जनताको क्रय शक्ति पनि बढ्दै जान्छ ।

यी काम गर्न सक्यौँ भने त्यही बाट भएको आम्दानीले विकासका पूर्वाधार निर्माण गर्नका लागि धनराशि प्राप्त गर्न सक्छौँ । ८३ हजार  मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएको देशका मानिस लोडसेडिङको मारमा छन् झन् दूर दराजका मानिसलाई त विधुत कस्तो हुन्छ  थाहा नै छैन अहिले सम्म टुक्की,लालटिनको भरको उज्यालोमा बस्न बाध्य छन् ।

यति धेरै क्षमता भएको मुलुक विद्युत् बेचेर किन धनी बन्न सकेन त रु यो प्रश्न जो कोही मानिसले गर्छ र यसको एउटा मात्र जवाफ राजनैतिक खिचातानी र र नेताहरू अकर्मण्यताका कारणले हो । २७ वर्षको इतिहासमा २३ पटक फरक फरक सरकार फेरिए फरक फरक प्रधानमन्त्री भए तर हामी टुलुटुलु हेरेर बसिरहेका थियौँ ।

प्रत्येक प्रधानमन्त्री वा शक्तिको आडमा भएकाहरूले र आफ्नो हातमा सत्ता हुने बित्तिकै कलकल गरेर बग्ने त्यो सुन्दर पवित्र भूमिमा बगिरहेका नदी नालामा समेत राजनीति गरेर आ आफ्नो स्वार्थ लिए र हामी आज यो अवस्थामा छौ ।

यसको जिम्मेवारी कसले लिने यो सोच्नु जरुरत छ । दुर्भाग्य भन्नू पर्छ सिनंगापुरका जस्ता लिई क्वान यु मलेसियाका जस्ता महाथविर जस्ता विकास प्रेमी नेता हामीले जन्माउन नसकेकै हो । यदि राष्ट्र प्रेमी,विकास प्रेमी नेता जन्माउन सकेका थियौ भने इतिहासमा कसैको गुलाम नबनेको देश कसैको सामु न झुक्नु परेको देश आज विश्वकै शक्तिशाली राष्ट्रको रूपमा उदाएको हामी हेर्न सक्थ्यौ । तर अब हामीले त्यस्तो नेता जन्माउनै पर्छ जसले रस्ट्र र राष्ट्रियताको पक्षमा काम गरोस्  । एक न एक दिन त्यस्तो राष्ट्र प्रेमी नेता जन्मिने छ भन्ने मा म ढुक्क छु ।

माथि जति कुरा पनि उल्लेखित छन् ती सबै कुरा नेपालको पर्यटनको विकास तिर पनि लागु  गर्ने हो भने पर्यटन क्षेत्रले पनि चाडै सफलता हासिल गर्न सक्छ । हिमालले आफ्नो काखमा च्यापेको छ हाम्रो देश नेपाल  लाई हाम्रो देश नेपालमा ५ हजार मिटर भन्दा अग्ला हिमालको सङ्ख्या १३ सय १० रहेका छन् ।

५ हजार भन्दा होचा त कयौँ छन् ।यति धेरै हिमालको सङ्ख्या र सुन्दरता भएको हाम्रो देशमा पर्यटकको ओइरो लाग्छ तर दुर्भाग्य यो हुन सकेको छैन । र अर्को कुरा त झन् विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला टाकुरा १४ वटा रहेका छन् जसमध्ये हाम्रो देशमा ८ वटा छ यो कुराले त झन् विश्वलाई नै चकित पारेको छ ।

यी सबै कुरा विश्व सामु भन्न पाउँदा छाँटी फुलेर आउँछ ।वर्तमान अवस्था सम्म नेपाल सरकारले ४सय १४ वटा हिमाल चुली आरोहणका लागि खुला गरेका छन् । हिमाल आरोहण देखी लिएर साहसिक पर्यटन तथा दृश्य अवलोकनको प्रचुर सम्भावना भएको राष्ट्र आज राष्ट्रिय रूपको योजनाको अभाव र क्षमता वान मानिसको कमले गर्दा पर्यटन क्षेत्रमा विकास हुन सकेको छैन ।

नेपालको जङ्गलमा हेर्ने हो भने सयौँ प्रकारका फुलहरू र सयौँ प्रकारका वनस्पति र जडीबुटी उपलब्ध छन् । हिमाली पाखा पखेरामा पाइने यार्सागुम्बा प्रति किलो बिसौँ लाख रुपैयाँमा बेचिन्छ । दुर्भाग्य ती प्रत्येक वनस्पति तथा जडीबुटीहरू दक्षिण र उत्तरी छिमेकी मुलुकमा कै डिको भाउमा बेचिरहेका छन् । यदि यो क्षेत्रमा राम्रो र क्षमता वान मानिसले काम गर्न सक्थ्यो भने आज धेरै विकास भएको पाइन्थ्यो । र त्यसैबाट तयार पारेर हाम्रो देशमा आयात भएका वस्तुहरू हामीले दोब्बर भाउमा भित्राइरहेका  छौ ।

यो निकै नै दुखदायी अवस्था हो । अब हामी कल्पना पनि गर्न सक्छौ कि यस्ता बस्तु प्रशोधन गर्नको लागि आफ्नै देशमा कलकारखाना हुन्थ्यो र आफ्नै देशमा उत्पादन गर्न सक्थ्यौ भने यी बस्तु बाट कति फाइदा लिन सक्थ्यौ ,आफ्नै देशले राजस्व प्राप्त गरेर राष्ट्रपति धनी बन्न सक्थ्यो भन्ने कुरा । नेपाली प्रत्येक युवा खाडीमा पसिना बगाउनबाट जोगिन्थे कि नाइ,प्रत्येक दिन विमान स्थलमा काठको बाकसमा आएका युवाको अनुहार आफ्नै देशमा हेर्न सकिन्थ्यो कि सकिन्थिएन ।

आफ्नै देशमा रोजगारी अवस्था सृजना हुन्छ र अनि समृद्ध नेपाल बनाउन सहयोग पुग्थ्यो ।अब एक छिन हाम्रो देशमा भएका हाल सम्मका क्रान्तिको कुरा पनि गरिहालौँ । हाल सम्म वि सन् २००७-२०१७-२०४६-२००५-१९६२ आदि यी हाल सम्म भएका क्रान्ति हुन ।

यतिका क्रान्ति हुँदा हामीले कुनै पनि प्रकारको परिवर्तन पाएनौँ  । राजनैतिक व्यस्तता परिवर्तन भयो होला त्यो अलग छ तर देश र जनताको अवस्था भने जाको त्यही छ । यतिका क्रान्ति गर्दा नेपाली जनता थाकिसके र अब क्रान्ति गर्न सक्ने क्षमता नै छैन ।

अब आम जनताको एउटै मात्र चाहना भनेको आर्थिक क्रान्ति हुनु पर्छ । र सबैले अबको नेपाल कस्तो हुनु पर्ने हो भन्ने कुरा आ आफ्नो ठाउँबाट कल्पना गरेर अगाडि बढ्ने बेला आएको छ र जरुरत पनि छ । यसमा सबैको एकजुट हुनु पनि आवश्यक छ । र आखिर हामी कस्तो नेपालको परिकल्पनामा छौ त ? तल केही बुदाँमा उल्लेख छ ।
 

१ सीमा विवादमा नधकेलिने नेपाल

वर्तमान अवस्थामा सीमा विवाद निकै बढ्दो छ । मित्र राष्ट्रले बेला बेला सीमा मिच्ने निकै कोसिस गरिरहेको छ ।रातारात जङ्गे सीमा खम्बा हटाउने,सार्ने जस्ता कामहरू बढी भइरहेको पाइन्छ ।

सिम खम्बा सार्दै हाम्रो भूमिलाई हाम्रो हो भन्दै दाबी गरेको समस्या त आजको होइन पहिला देखि नै गर्दै आइरहेको छ तर अहिले आएर झन् समस्या बढ्दै छ । ७१ स्थानमा हाम्रो सिमाना विवादमा रहेको पाइन्छ ।जसमध्ये दार्चुलाको लिम्पियाधुरा,लिपुलेक र कालापानी त्यस्तै नवलपरासी जिल्लाको सुस्ता यस्ता थुप्रै ठाउँहरूमा हाम्रो हो भन्दै उनीहरूको दाबी छ  । यी सीमा विवादको समस्या सामाधान चाँडो भन्दा चाँडो हुनु पर्छ ।

२ जङ्गे खम्बा नढल्ने नेपाल
छिमेकी राष्ट्र भारत र हाम्रो देश बिच १ हजार ८८० किलोमिटर लामो सीमा जोडिएको छ । यति लामो सीमारेखा बिच दुवै देशका प्राविधिक र बिग्गेहरुको छलफल अनुसार ८हजार ८सय५३ वटा सीमा खम्बा राख्ने गरी नक्साङ्कन गरेका छन् । तर अझै अहिले सम्म ४हजार १सय९३ सीमा खम्बा स्थापना गर्न बाकी छन् । ४हजार ६सय६० जमिनमा ठड्याइएका खम्बा मध्य ४९९ खोलाले बगाएका,२०२ वटा जमिनमा लोभ भएका,६८४ सामान्यतया मर्मत गर्नु पर्ने र १८९ वटा खम्बा जिण अवस्थामा छन् । यी सबै समस्याको समाधान गर्नको लागि छिमेकी मुलुक सँग वार्ता गरेर कहिल्यै समस्या न आउने गरे समाधान गर्नु जरुरत छ र खम्बाको सुरक्षा गर्नको लागि मूल सिम खम्बा,सहायक,साना र साक्षी खम्बाहरू भन्दै योजना बनाएर खम्बा निर्माण गर्दै सीमा विवाद रोक्नु पर्छ ।

३ रातारात भारतीय नागरिकमा परिणत नहुने नेपाल

आज भन्दा करिब दुई सय वर्षको इतिहासलाई फर्केर हेर्ने हो भने नेपाली जनता नारायणी र गङ्गा नदिको सुगम सम्म पुगेर बसेका इतिहासमा पढ्न सक्छौ हातले । त्यसै गरी पूर्व तर्फ टिस्टा सम्म र पश्चिम तिर किल्ला काँगडा सम्म पनि बसेका थिए नेपाली नागरिक ।

जब इस्ट इन्डिया कम्पनी ब्रिटिस सङ्ग सन १८१६ मार्च ४ का दिन सुगौली सन्धि भयो त्यसपछि नेपाल खुम्चन पुगेको छ र उक्त सन्धिले नेपाललाई दक्षिणका गङ्गा नदी सम्मका नेपाली नागरिक भारतीय नागरिकमा परिणत भए पूर्वमा मेची र टिस्टा सम्म रहेका नागरिक  र महाकाली र किल्ला काँगडा बिचमा रहेका नेपाली नागरिक भारतीय नागरिकमा परिणत भएको इतिहासमा स्पष्ट छ ।

अचम्म को कुरा त के छ भने चुरे पहाडी शृङ्खला र गङ्गा नदी बिच रहेका भारतीय जनता मध्य चुरे देखि वर्तमान नेपालको दक्षिण सीमाभित्र बसोबास गरिरहेका साबिकका नेपाली नै भारतीय जनतामा परिणत हुन पुगे पछि ९ महिना पछि फर्केर नेपाली नागरिक हुनु र्पयो  ।

वाके,बर्दिया,कैलाली र कंचनपुर सन १८१६ मा भएको सुगौली सन्धिले भारतमा गाभिन पुग्यो र उक्त जिल्लामा बसोबास गरिरहेका नेपाली नागरिक भारतीय नागरिकमा परिवर्तन हुनु परेको थियो र केही वर्ष पछि भारतलाई जब नेपालले युद्धमा सैन्य सहयोग र्गयो त्यो पछि उपहार स्वरूप नेपाललाई पुन हस्तान्तरण र्गयो र ४४ वर्ष पछि नयाँ मुलुक प्राप्त गरिसके पछि नेपाली नागरिकको रूपमा र्द भएका थिए । यी सबै कुरा उल्लेख गर्नुको एउटै कारण के हो भने अब नेपाली नागरिकले भारतीय नागरिक हुने दिन कहिल्यै न आओस् भन्न खिलेको हो ।

४ देश सानो होस् वा ठुलो तर समृद्ध होस्

जति जति बेला सरकार र प्रधानमन्त्री फेरिन्छ त्यस बेला राष्ट्रियता र स्वाधीनताले देश तातिन्छ । देश समृद्धको कुरामा पहिलेको सरकारले बनाएका रास्ट्र्यता सम्बन्धी नीति तथा कार्य्विधि राष्ट्रको माटो र राष्ट्रको हितमा छ भने त्यसपछि आउने सरकारले ती नीति तथा कार्य्विधि परिवर्तन गर्ने सो कदापि हुनु हुँदैन । यदि फरक फरक सरकारले फरक फरक नीति तथा कार्य्विधि बनाउने हो भने पहिलो ढाँचाले निरन्तरता पाउँदैन र सफल हुन सक्दैन ।

कुनै पनि विषयमा राष्ट्रिय नीति नहुने हो भने नेपाली जनताको आर्थिक उन्नति हुन सक्दैन चाहे त्यो जल,जमिन,जङ्गल,व्यापार,उद्योग, सीमा सुरक्षा, जनताको जीउ धनको सुरक्षा यी सबै कुरा बारे ठोस नीति हुनु नितान्त आवश्यक छ नेपाल जहिल्यै पनि स्वाधीन,सार्वभौमसत्ता,स्वतन्त्र र अविभाज्य हुनु पर्छ ।

भूगोलले हाम्रो देश चाहे सानो होस या ठुलो त्यो फरक पर्दैन तर आर्थिक दृष्टिकोणले समृद्ध बनाउनै पर्छ । राजनीति भागबन्डा तिर नलागौँ आर्थिक गतिविधि लाई माथि उकास्न तर्फ ध्यान दिउ यी सबै कुरा भेसकै पछि राजनीति हस्त आफ्नो ठाउँ लिन्छ ।

नेपाललाई  बिग्यान,सूचना र प्रविधिले फड्को मारेको अनि जनता धनी हुँदै गइरहेको र निस्पक्षय एवम् बलियो सरकारको अति नै आवश्यकता छ । यति सबै भई सके पछि बल्ल बन्ने छ समृद्ध नेपाली र खुसी नेपाल र सबै जनताको चाहाना पनि यही हो र सबैले परिकल्पना गरेको नेपाल पनि यही हो।

आभास उपाध्याय