विवस गाउले को “जलेको मन” गजल संग्रह प्रकाशन

विवस गाउले को “जलेको मन” गजल संग्रह प्रकाशन

धनगढी : कैलाली बहुमुखी क्याम्पस का विद्यार्थी तथा अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य युवा विद्यार्थी नेता गजलकार गोकुल विसी (विवस गाउले) काे गजल संग्रह “जलेको मन” आज कैलाली बहुमुखी क्याम्पसमा प्रकाशन गरिएको छ ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा पदमराज जोशी स्ववियु सभापति चूडामणि भट्ट, कैलाली बहुमुखी क्याम्पसका  अन्य प्राध्यापक गणेशराज जोशी धर्मराज उपाध्याय हरिश्चन्द्र कमली डिल्लीराज फुलारा लगायत अखिल क्रान्तिकारी अनेरास्ववियु ने वि सं का प्रतिनिधि हरु को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्ववियु सभापति भट्ट  र अन्य प्राध्यापक हरुले गजल संग्रह लाइ शुभकामना समेत दिनु भएको थियो ।

मान बाब्ली मिलन यमराज जोशी लगायत का सर्जक हरुले आफ्ना गजल हरु समेत प्रस्तुत गर्नु भएको थियो । संग्रह  प्रकाशन गर्दै क्याम्पस प्रमुख जोशीले विद्यार्थी ले पढाइको साथसाथै यस्ता सृजनात्मक कार्य गर्दै जानुपर्ने बताउनुभयो ।

सर्जक विवस गाउलेको अध्यक्षतामा भएको कार्यक्रम को सञ्चालन अखिल क्रान्तिकारी कैलाली जिल्ला उपाध्यक्ष समिर जोशीले गर्नु भएको थियो ।