सरकारी जागिरे मोनिकालाई मिस फारवेष्टको उपाधि

सरकारी जागिरे मोनिकालाई मिस फारवेष्टको उपाधि

धनगढी : मिस फारवेष्ट–२०१८ को उपाधि धनगढी कि मोनिका गुरुङले जितेकी छन । 

शनिवार राती धनगढीमा भएको ग्राण्ड फिनालीमा २६ प्रतिस्पर्धिलाई पछि पार्दै सरकारी जागिरे २३ वर्षिया गुरुङले उपाधि जितेकी हुन । उनी सव् इन्जिनिएर पदमा सिचाई डिभिजन कार्यालयमा कार्यरत छन । 

मिस फारवेष्टको उपाधि जितेसगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पुर्व मिस नेपाल सुगारीका केसीले ताज पहिराएकी थिईन । 

प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर्सअफ तथा दिव्या गैरे सेकेन्ड रनर्सअफ भईन । 
फष्ट रनर्सअफ ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनर्सअफ गैरेले नगद २५ हजार जितिन । 
रोयल कोलाबरेशन नेपालको आयोजनामा भएको प्रतियोगितामा पूर्व मिस नेपाल सुगारिका केसी, गायक कालीप्रसाद बास्कोटा, अन्नपूर्ण शर्मा, हेमराज विसी, पूर्व ओलम्पियन दीपक विष्ट र निलम चन्दले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताका लागि भदौ ७ गतेदेखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा अडिसन सञ्चालन गरिएको थियो ।

१६ देखि २५ वर्ष उमेर समूहका युवतीहरुको सहभागिता रहेको थियो ।