साङ्लोको दोस्रो गीत ‘झ्याम्मै आँखा लाग्यो’ सार्वजनिक

साङ्लोको दोस्रो गीत ‘झ्याम्मै आँखा लाग्यो’ सार्वजनिक

एक्सन स्टार विराज भट्टको चलचित्र ‘साङ्लो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा चलचित्रका दुई मुख्य कलाकार विराज र निकिता चान्दक फिर्चड छन् ।

निशान भटराईको शब्द रहेको गीतमा अन्जु पन्त र भटराई स्वयम्कै स्वर रहेको छ भने संगीत सुरेश अधिकारीले भरेका छन् ।

माघ २४ गते रिलिज मिति तोकिएको चलचित्रको निर्देशन विराज स्वयम्ले गरेका हुन् । चलचित्रमा विराज र निकिताका साथै जयेन्द्र लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, लय संग्रौला, आर पि पन्त लगायत कलाकारको अभिनय रहेको छ ।