भारतको गणतन्त्र दिवसमा, नेपाललाई ३० एम्बुलेन्स र ६ वटा बस प्रदान

भारतको गणतन्त्र दिवसमा, नेपाललाई ३० एम्बुलेन्स र ६ वटा बस प्रदान

भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संघ संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरिएको हो ।

पुस्तकालयहरुलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ । भारतीय दूतावासले हालसम्म ७३ जिल्लाका विभिन्न संघसंस्थालाई गरी ६ सय ६२ वटा एम्बुलेन्स र १ सय ३० वटा बस प्रदान गरिसकेको जनाएको छ ।

कार्यक्रममा नेपालका लागि भारतका कार्यवहाक राजदुत डा.अजय कुमारले नेपार र भारतको सम्बन्ध जनस्तरमै प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्वर सम्बृद्धिमा भारतको सधै साथ र सहयोग रहने बताए । 

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको भन्दै उहांले आपसी सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।