सन्दीप अस्ट्रेलियाको बिग ब्यास छाडेर स्वदेश फर्कदै

सन्दीप अस्ट्रेलियाको बिग ब्यास छाडेर स्वदेश फर्कदै

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्कने भएका छन्। अस्ट्रेलियाको बिग ब्यास लिग खेलरहेका सन्दीप बीचैमा स्वदेश फर्कन लागेका हुन्। 

जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए। सन्दीप नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि बिग ब्यास बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन्।

नेपालले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ। सन्दीपले शनिबार मेलवर्नबाट सिजनको १३औं खेल खेलेका थिए। जहाँ उनले १ विकेट लिँदा १६ रन मात्र खर्किएका थिए। 

जारी सिजनमा प्रभावकारी देखिएका सन्दीप स्वदेश फर्कने भएपछि मेलवर्नले उनको स्थानमा उत्तम बिकल्प ल्याउन सोच्नु पर्ने देखिएको छ। 

ुसिजनमा स्पिनमाथि निकै विश्वास गरेको थिएँ, मेलवर्नका प्रशिक्षक डेभिड हसीले भने।  हसीले लामिछाने उत्कृष्ट खेलाडी भएको भन्दै अघि थपे,उनी मेलवर्न छाड्दै छन्। उनी स्तरीय खेलाडी हुन्। स्तरीय मानिस हुन् र प्रतियोगितामा हाम्रो योजनाका एक पक्ष हुन्।

हसीले राष्ट्रिय टिमबाट खेल्न बोलाउदा खुसी हुनु पर्ने बताए। तर राष्ट्रिय टिमबाट बोलाइन्छ भने खुसी मनाउनु पर्छ। एउटा उत्कृष्ट खेलाडी गुमाउदा दु:ख त लागेको छ।

तर उनका लागि खुसी छु, हसीले भने,हाम्रा लागि उनी पछिल्लो २ वर्षमा उत्कृषट रहे। तर दुर्भाग्यवस उनी फर्कनु पर्ने भयो। उनीले मेलवर्नबाट फाइनल खेल्नेछैनन्।