पिम फिल्म अवार्ड संगत चौधरी र विनोद बोहरालाई

पिम फिल्म अवार्ड संगत चौधरी र विनोद बोहरालाई

धनगढी : भाषाभाषीको चलचित्रमा अभिनय गर्दै आएका संगत चौधरी र विनोद बोहरा (बोग्टानी किङ्ग) ले पिम फिल्म अवार्ड पाएका छन् । 

शनिबार धनगढीमा भएको अवार्ड कार्यक्रममा भाषाभाषीको उत्कृष्ट नायक घोषित भइ दुवै जनाले अवार्ड जितेका हुन । संगतले थारु भाषाको ‘मोर जंग’, लगायतका विभिन्न फिल्म र बोग्टानी किङले ‘सौराइँ’ चलचित्रमा अभियन गरेका छन् । 

भाषाभाषी फिल्म निर्देशन अन्तर्गत थारु भाषाको ‘जान तोहाँर नाउँ’ फिल्मका निर्देशक राजकुमार श्रेष्ठ र डोटेली भाषाको फिल्म ‘धन्य मायाजाल’ का निर्देशक वीरेन्द्र सिंह ‘बिरु’ ले अवार्ड प्राप्त गरे ।

उत्कृष्ट वृत्त चित्र अवार्ड भने ‘बालकृष्ण सम’ वृत्त चित्रको उत्पादक संस्था लेनकाउ नेपालले अवार्ड प्राप्त गरेको छ । पावर इन्टरनेशल मिडियाले अवार्ड कार्यक्रमको आयोजना गरेको थियो ।