घरबाटै भन्सार जाँचपास गर्न सकिने मोबाइल एप

घरबाटै भन्सार जाँचपास गर्न सकिने मोबाइल एप

मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाईल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप सार्वजनिक गरे ।

‘नेपाल कस्टम क्लेयरेन्स’ नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहानिर्देशक सुमन दाहालले जानकारी दिए ।

एन्ड्रोईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ । भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शुन्य बनाई विभाग पूर्ण अटोमेसनमा गएको महानिर्देशक दाहालको भनाइ थियो।

नेपाली भन्सार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै दाहालले अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको बताए । यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ ।

ड्यास बोर्डबाट अब प्रत्यक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।