ट्वीटरमा आयो फेसबुककै जस्तो फिचर

ट्वीटरमा आयो फेसबुककै जस्तो फिचर

माइक्रो ब्लगिङका लागि सबैभन्दा चर्चित एप्लिकेसन ट्वीटरले फेसबुककै जस्तो फिचर प्रदान गरेको छ। धेरै समययता मानिसहरुले ट्वीट इडिट गर्ने फिचरको माग गरिरहेका छन्। नयाँ फिचर त्यससँग भने सम्बन्धित छैन।

हालै ट्वीटरले डाइरेक्ट म्यासेजमा इमोजी प्रयोग गर्न सकिने फिचर प्रदान गरेको हो। फेसबुकमा हामीले फेसबुक स्टेटस, म्यासेज सबैमा इमोजी प्रयोग गर्नसक्छौं।

ट्वीटरका अनुसार डाइरेक्ट म्यासेजमा इमोजी समावेश गर्न सजिलो छ। यहाँ टेक्स्ट र मिडिया अट्याचमेन्टमा इमोजी रियक्सन समावेश गर्न सकिनेछ। यसका लागि म्यासेजमा गएर रिएक्सन बटनमा थिचेपछि इमोजी छान्न सकिनेछ।