प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै, अग्निप्रसाद सापकोटा निर्विरोध घोषणा हुँदै

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै, अग्निप्रसाद सापकोटा निर्विरोध घोषणा हुँदै

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउनेभएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध घोषणा भएसँगै मुलुकले नयाँ सभामुख पाउनेभएको हो ।

सभामुखका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेकाले उहाँ नै निर्वाचित हुनुहुनेछ । सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मणलाल कर्ण, ओनसरी घर्ती र देव गुरुङ थिए ।

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मनु भएका सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा हुनुभएको थियो ।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताउनुभएको थियो । २०५१ सालमा पार्टी केन्द्रीय सदस्य बन्नुभएका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत हुनुहुन्थ्यो ।

२०५२ सालबाट भूमिगत हुनुभएका सापकोटा माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै हुनुहुन्थ्यो । जनयुद्धमा सिन्धुपाल्चोककै अर्जुन लामाको अपहरणपछि हत्याको मुद्दा खेप्दै आउनुभएको छ ।

हालसम्म सापकोटाविरुछ अदालतमा चार मुद्दा विचाराधिन छ । सापकोटाले सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत समहालेको व्यक्ति हुनुहुन्छ ।