मोवाइल सिरानीमा राखेर सुत्ने बानी छ ? छ भने हटाईहाल्नुहोस् !

मोवाइल सिरानीमा राखेर सुत्ने बानी छ ? छ भने हटाईहाल्नुहोस् !

मोवाइल नहुने र नबोक्ने मानिस आजको समयमा सायदै होलान् । प्रत्येकको हातमा अहिले मोवाइल फोन देख्न सकिन्छ । मोवाइल हाम्रो जीवनको लागि रमाइलो होइन,बाध्यता बनेको छ । बिना मोवाइल हामी एकछिन पनि बस्नै सक्दैनौँ ।

तर, बेलायतको एक्जिटरलगायतका केहि विश्वविद्यालयहरुले गरेको अध्ययनमा सिरानीको छेउमा मोवाइल राखेर सुत्दा धेरै खतरा आउन सक्ने बताइएको छ । अध्ययनका अनुसार मोवाइललाई सिरानीको छेउमा राख्दा क्यान्सरका साथै नपुंसकता हुन सक्ने खतरा हुन्छ ।

अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोवाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोवाइलको धेरै प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने अध्ययनको ठहर छ ।

त्यस्तै, बेलायतका केहि विश्वविद्यालयहरुले गरेको अध्ययनमा मोवाइल फोनबाट निस्कने विकिरण नपुंसकतासँग सम्बन्ध हुने पत्ता लागेको छ । मोवाइलको अत्याधिक प्रयोगले पुरुषमा बीर्यको उत्पादन घटाउनुका साथै उत्तेजनामा कमी ल्याउने पनि अध्ययनले बताएको छ ।

इजरायलको एक विश्वविद्यालयले गरेको अध्ययनले सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबाइलको प्रयोग गर्न छोड्नुपर्ने बताएको हो ।