११ औँ बार्षिकोत्सवको अवसरमा इ-सेवाद्वारा दृष्टि फाउण्डेसनलाई सहयोग

११ औँ बार्षिकोत्सवको अवसरमा इ-सेवाद्वारा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी : इ-सेवाको ११ औँ बार्षिकोत्सवमा धनगढी स्थीत दृष्टि फाउण्डेसनलाई सहयोग गरिएको छ। इसेवाको प्रदेश कार्यालयले फाउण्डेसनलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो।

बार्षिकोत्सवको अवसरमा फाण्डेसनलाई एक थान ग्यास, ५ किलो घ्यु, २ कठ्ठा चामल र फलफूल हस्तान्तरण गरिएको हो। इसेवा प्रदेश इन्चार्ज मञ्जु पराजुली, जिल्ला संयोजक कमल बम लगायतको समुहले फाउण्डेसनलाई सामाग्री हस्तान्तरण गरेको हो ।

यस्तै इसेवाले दृष्टि फाउन्डेसनको आर्थिक अवस्था सुदृढीकरणका लागि क्युआर कोड पनि उपलब्ध गराउने इसेवाका जिल्ला संयोजक कमल बमले बताउनुभयो ।

उहाका अनुसार क्युआर कोडबाट सहयोग गर्न चाहने व्यक्तिले देशको विभिन्न स्थानबाट मोबाईल बैंकिङको माध्यमबाट सहयोग गर्न सक्नेछन्।