सुदूरपश्चिमबाट नेपाल आइडलका एक्ला प्रतिस्पर्धी कमल सोवलाई भोट दिन अपिल

सुदूरपश्चिमबाट नेपाल आइडलका एक्ला प्रतिस्पर्धी कमल सोवलाई भोट दिन अपिल

धनगढी : नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कमल सोवलाई सबैले भोट दिन अपिल गरिएको छ। धनगढीमा कमल सोव जिताउ अभियानको सुरुवात गर्दै भोट दिन अपिल गरिएको हो ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कमलका बुवा नरवहादुरले भोटिङकै आधारमा कमलको नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन अपिल गर्नुभयो ।

कमल सोव जिताउ अभियानका अगुवा विजय कार्कीले सुदूरपश्चिमबाट आइडलमा सोव एक्ला प्रतिस्पर्धी भएकाले सबैलाई भोट दिएर साथ दिन आग्रह गर्नु भएको छ । धनगढीका सोव नेपाल आइडलको उत्कृष्ट १२ मा पुगिसको छन् ।

नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरुलाई प्रभावित गर्दै उत्कृष्ट १२ सम्म पुगेका हुन् ।

अव उनको आइडल यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ ।  अव उनी सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडलमा प्रतिनिधित्व गर्ने एक्ला प्रतिस्पर्धी हुन्। ५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका सोव त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए ।

माध्यमिक शिक्षा सम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए । 

सोवलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर  NI 01 लेखि37000 मा पठाउनपर्ने छ।