सुनको मूल्य आज पनि बढ्यो, हेर्नुहोस् तोलाको कति ?

सुनको मूल्य आज पनि बढ्यो, हेर्नुहोस् तोलाको कति ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो।

महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढ्दै ७४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, बिहीबार प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।