कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको परिचय खुल्यो

कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको परिचय खुल्यो

कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बैतडीको गुरुखोला घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ गोवरीया बस्दै आएकी २० बर्षीय रमिता  भट्टको मृत्यु भएको हो। 

उनको बिहीबार अपरान्ह टिप्परको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। जिल्लाको महेन्द्रनगर चम्मन चोकमा भएको उक्त घटनामा से१क ८८७ नम्बरको टिप्परले साइकलमा गइरहेकी भट्टलाई ठक्कर दिएको थियो।