महेन्द्रनगरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु

महेन्द्रनगरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु

कंचनपुर : कञ्चनपुरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । महेन्द्रनगरको बसपार्कको चम्मन चोकमा से १क ८८७ नम्बरको टिपरको ठक्करबाट एक युवतीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकी युवतीको अहिले सम्म सनाखत हुन सकको छैन् । घटनास्थल अहिले तनावग्रस्त रहेको जनाइएको छ ।