राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा २ सय २७ मत खस्यो

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा २ सय २७ मत खस्यो

धनगढी : राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट २ सय २७ मत खसेको छ। डोटीको सिलगढी स्थित पद्मपब्लिक हाइस्कुलमा मतदान भएको हो।

सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ प्रदेशसभा सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख एक सय ७६ गरी जम्मा २ सय २९ मतदाता रहेका थिए। २ सय २९ मत मध्ये २ मत नखसेको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। केही छिनमै मतगणना शुरु हुने पनि उनले बताए।

बिहान १० बजेदेखि मतदान सुरु भइ शान्तिपूर्ण ढंगबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृत काफ्लेले बताए। प्रदेशबाट निर्वाचित हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेको थियो।

महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वार र नेपाली कांग्रेसले महिलातर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ।