सुदुरपश्चिम प्रदेशमा एक सय ५० जनाले मतदान गरे

सुदुरपश्चिम प्रदेशमा एक सय ५० जनाले मतदान गरे

डोटी : राष्ट्रिय सभा सदस्यकालागि सुदुरपश्चिम प्रदेशको डोटीको दिपायल स्थित पद्म पव्लिक मुक्तिनारायण मा.वि मा निर्वाचन भैरहेको छ ।

जसमा एक महिला र एक अन्य गरी दुई जनाका लागी हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट तारमान स्वार र शारदा भट्ट, नेपाली कांग्रेसका तर्फबाट तुलसिदेबी देवकोटा र प्रताब सिं ठगुन्ना उम्मेदवार रहेका छन ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उप–प्रमुखले मतदान गरिरहेका छन । सुदूरपश्चिम प्रदेश सभाका प्रदेश सदस्य ५३ जना, ८८ स्थानीय तहका प्रमुख तथा उप–प्रमुख १ एक ७६ गरी कुल २ सय २९ मतदाता रहेका छन ।

बिहान १० बजेदेखी बेलुकी ४ बजेसम्म हुने मतदानमा प्रदेश सभाका ५० र स्थानीय तहका एक सय ५० जनाले मतदान गरिसकेका छन् ।