भालुको आक्रमणबाट बाजुरामा एक जना घाइते

भालुको आक्रमणबाट बाजुरामा एक जना घाइते

बाजुरा : बुढिगंगा नगरपालिका ९ माथिल्लो काप्रितोलाका दिपकबहादुर शाह भालुको आक्रमणमा परी शख्त घाइते भएका छन् । आफ्नै खेतबारी नजिकै जंगलमा दाउरा लिन जाने क्रममा भालुको आक्रमणमा परी घाइते भएको स्थानिय माया शाहले जानकारी दिएकी छन् ।

जुमला काफल ओखलतोला भन्ने जंगलमा दाउरा चिर्न जाने क्रममा दिपक शाह घाइते भएको शाहले बताएकी हुन् । उनको टाउको पिठ्युँ हातखुट्टालगायत शरीरका बिभिन्न अंगमा घाउ लगाएको छ ।

घाइते शाहका अनुसार, ‘म दाउरा लिन हिडिरहेको थिए, एक्कासी भालु माथिबाट टाउकोमा झम्टेको थाहै पाइँन भाग्दै थिए, लखेटी लखेटी घाइते वनायो अनि ब्यहोस भएर लडें त्यसपछि कसले उठाएर ल्याए, वयालपाटा अस्पताल पुर्याएको थाहा पाए ।’

घाइते शाहलाई सुरुमा उचारका लागि अछामको वयालपाटा अस्पताल पठाइएको थियो । टाउकोमा गम्भिर घाउहरु भएकाले सिटिस्क्यान गर्नुपर्ने भएपछि थप उपचारका लागि कोहलपुर पठाएको बुढीगंगगा नगर कार्यपालिका सदस्य समेत रहेकी शाहले जानकारी दिएकी छन् ।

बुधबार नै बानियाँगणा भन्ने ठाउमा स्याउला लिन जाने क्रममा राजमती वानियाँलाई पनि भालुले झम्टेको थियो । राजमतीले भनिन्, ‘पिठ्युमा बोकेको डोको भालुले लुछ्दा आफु बचेकी हुँ हामी १०÷१२ जना स्याउला ल्याउने महिलाहरुको जमात हुदा भालु भागेर गएको हो, हामीलाई झम्टीने रहेछ हामीलाई नसकेर लगत्तै दिपक शाहलाई आक्रमण गरेछ ।’

बाजुराको साविकको बाह्रविस गाविस नजिकको जंगलमा वर्षेनी जंगली जनावर भालुको आक्रमणमा परी दर्जनौ मानिसले घाइते हुनुपरेको छ भने भालु आक्रमणकै कारण कयौंले ज्यान पनि गुमाईकेका छन् ।