गाउँपालिका उपाध्यक्ष मिना बुढाले गरिन् सुदूरपश्चिममा पहिलो मतदान

गाउँपालिका उपाध्यक्ष मिना बुढाले गरिन् सुदूरपश्चिममा पहिलो मतदान

राष्ट्रिय सभाका सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेश अन्तरगत आज डोटीको सिलगढीमा मतदान शुरु भएको छ ।

सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माविमा बिहान १० बजे शुरु भएको मतदानमा बाजुराको स्वामीकार्तिक गाउँपालिकाका उपाध्यक्ष मिना बुढाले पहिलो मतदान गरेकी थिईन् ।

राष्ट्रिय सभाको २ सिटमा सुदूरपश्चिमबाट ४ जना उम्मेदवार रहेका छन् । नेकपाबाट सदस्यका लागि दुई जना तारामान स्वाँर र शारदा भट्ट उम्मेदवार रहेका छन् भने नेपाली काँग्रेसबाट प्रतापसिंह ठगुन्ना र तुलसी देवकोटा उम्मेदवार रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले अपरान्ह चार बजेसम्म मतदान चल्ने बताए । उनले मतदानको परिणाम सम्भवतः आजै आउने बताए ।

सुदूर पश्चिमका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुख १७६ र प्रदेश सभामा ५३ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।