अछाममा छाउगोठमा मृत्युभएकी महिलाका जेठाजु जेल चलान

अछाममा छाउगोठमा मृत्युभएकी महिलाका  जेठाजु जेल चलान

अछाम। छाउगोठमा बुहारीको मृत्युपछि पक्राउ परेका अछाम साँफेबगर नगरपालिका-३ सिद्धेश्वरका छत्र रावतलाई अछाम जिल्ला अदालतले ४५ दिनको कैद फैसला सुनाएको छ।

गत १५ मंसीरमा भाइबुहारी २२ वर्षीया पार्वती बुढा रावतको महीनावारी भएको बेला छाउगोठमा बस्दा मृत्यु भएको थियो।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ८ माघमा रावतलाई ४५ दिनको कैद फैसला सुनाएको स्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानूनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन।

रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसेर १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।