राष्ट्रियसभा निर्वाचन आज,केहीबेरमा मतदान शुरुहुने

राष्ट्रियसभा निर्वाचन आज,केहीबेरमा मतदान शुरुहुने

धनगढी । राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदै छ। निर्वाचन अधिकृत बिदुर काफ्लेले सुदूरपश्चिममा विहान १० बजेदेखि मतदाता हुने जानकारी दिए। प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख ,उपप्रमुख र गाउँपालिका अध्यक्ष,उपाध्यक्ष मतदानस्थल रहेको डोटी पुगिसकेका छन्।

प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय ७६ गरी मतदाता २ सय २९ रहेका छन्। मतदाताको मतभार भने फरक–फरक रहेको छ।

प्रदेशबाट निर्वा्चित हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि चारको उम्मेदवारी परेको छ। महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ।