बेहुलाका बुबाले बेहुलीकी आमालाई नै भगाएपछि...

बेहुलाका बुबाले बेहुलीकी आमालाई नै भगाएपछि...

भारतमा विवाहको तयारीमा रहेका जोडीका बाबु-आमाले भागेर विवाह गरेपछि उनीहरुको विवाह रोकिएको छ । गुजरातबासिन्दा युवा–युवतीको फेब्रुअरीको दोस्रो साताका लागि विवाह तय भएको थियो । उनीहरुका बाबु-आमाले भागेर विवाह गरेपछि त्यो जोडीले विवाह नगर्ने निर्णयमा  पुगेको हो ।

दुलाहाका ४८ वर्षीय बाबु एक टेक्सटायल व्यवसायी हुन् । उनले जनवरी १० मा दुलहीकी ४६ वर्षीया आमालाई भगाएको टाइम्स अफ इन्डियाले जनाएको डेलिमेलले उदधृत गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार विवाहको तयारीमा रहेको त्यो जोडीका अभिभावक सानैदेखि एकअर्कालाई चिन्थे र उनीहरु कतागाम क्षेत्रमा छिमेकीसमेत थिए । 

एक वर्षअघिदेखि विवाह गर्ने तय भए पनि विवाहको अन्तिम तयारी सुरु भएको समयमा उनीहरु भागेका हुन् ।