बैतडीमा ट्रमा सेन्टर स्थापना गर्न पहल गर्छुः मन्त्री ढकाल

बैतडीमा ट्रमा सेन्टर स्थापना गर्न पहल गर्छुः मन्त्री ढकाल

बैतडी : नवनिर्मित सिद्धेश्वर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्न बैतडीको खोड्पे पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले त्यहाँ ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने बताएका छन् । 

बैतडी जिल्लाको पाटन नगरपालिका–८ स्थित खोड्पे दार्चुला, बझाङ र डडेल्धुरा जिल्लाको सेन्टर पर्ने भएकोले स्थानीयले मन्त्री ढकाललाई ट्रमा सेन्टर स्थापना गर्न आग्रह गरेका थिए । 

जनताको मागप्रति आफु संवेदनशील रहेको बताउँदै उनले भने, ‘स्वास्थ्य सेवा सहज बनाउन सरकार लागिपरेको छ । जनताले भोगेका समस्या र राखेका मागप्रति हामी गम्भीर छौं । स्वास्थ्य सेवामा क्रमिक सुधार हुँदै जानेछ ।’