कञ्चनपुरमा स्थानीयले थापेको पासोमा चितुवा पर्‍यो

कञ्चनपुरमा स्थानीयले थापेको पासोमा चितुवा पर्‍यो

कञ्चनपुर : कञ्चनपुरमा एक चितुवा पासोमा परेको छ । भीमदत्तनगरपालिका ९ स्थित सिद्धनाथ सामुदायिक वनमा बुधबार बिहान पासोमा चितुवा परेको भेटिएको शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवले जनाएको छ ।

स्थानीयले बँदेल अथवा चितललाई थापेको पासोमा चितुवा परेको हुनसक्ने शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले बताउनुभयो । चितुवाको पछाडिको एउटा खुट्टा मात्रै पासोमा अड्किएको छ ।

अहिले हाम्रो टोलीले सुरक्षा दिएका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले बताउनुभयो । डिभिजन वन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी सिद्धराज अवस्थीले उद्धारका लागि ब्रदियाबाट टोली आउन लागेको जानकारी दिनुभयो ।