बैतडीमा नेकपा जिल्ला अध्यक्ष पालको घरमा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय

बैतडीमा नेकपा जिल्ला अध्यक्ष पालको घरमा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय

बैतडी : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको पालको गेटमा भेटिएको बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

बुधवार बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो ।