कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ । मृतकका परिवारलाई ११ लाख क्षतीपुर्ती दिने र दोषीलाई कानुन अनुसार कारवाही गर्ने सहमती पछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।
जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।अवरुद्ध राजमार्ग खुले सँगै यात्रुहरु आ–आफ्नो गन्तव्य तिर प्रस्थान गरेका छन ।