नेपाल आउने अमेरीकी क्रिकेट टोलीको घोषणा

नेपाल आउने अमेरीकी क्रिकेट टोलीको घोषणा

विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलाको लागि अमेरीकी टोली घोषणा भएको छ ।

माघ अन्तिम साता काठमाडौंमा नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसिय श्रृंखला हुँदैछ । त्यसैको लागि अमेरिकाले शौरभ नेत्रभाल्करको कप्तानीमा हिजो १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीले नेपाल आउनुअघि भारतको मुम्बईमा केही समय अभ्यास गर्नेछ । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा राउण्ड रबिन लिगको आधारमा एक दिवसिय श्रृंखला चल्नेछ ।

आईसीसी लिग २ मा अहिलेसम्म दुई वटा श्रृंखला खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । कुल ८ खेल खेल्दा अमेरिकाले ६ खेल जितेको छ ।

स्कटल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा रहँदा नामिबिया र ओमानको ८–८ अंक रहेको छ । नेपालले भने विश्व क्रिकेट लिग दुई मा अहिलेसम्म एउटा पनि खेल खेलेको छैन ।