जन्मदिनको अवसरमा भट्ट द्धारा शिवांस बचाउन आर्थीक सहयोग

जन्मदिनको अवसरमा भट्ट द्धारा शिवांस बचाउन आर्थीक सहयोग

धनगढी । बैतडीका पत्रकार महेश अवस्थीलाई आर्थीक सहयोग गरिएको छ ।

नाटा सुदूरपश्चिमका अध्यक्ष तथा पर्यटन व्यवसायी मायाप्रकाश भट्टले जन्म दिनको अवसर पारेर पत्रकार अवस्थीका नावालक छोरा सिवाश अवस्थि को कलेजो प्रत्यारोपणका लागी आर्थीक सहयोग प्रदान गर्नुभएको हो । उहाँले ११ हजार १ सय ५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । 


ठुलो धनराशी खर्च गरी भारतको चेन्नईमा कलेजो प्रत्यारोप गरिएका अवस्थीका छोराको उपचारमा थप रकम आवश्यक पर्ने भएकाले बैतडीबाट शिवांश बचाउ अभियान सुरु गरी आर्थिक सहयोगका लागि अपिल गरिएको थियो।

सोही अनुरुप आफुले सहयोग गर्न पाउदाँ खुशी महशुस भएको भन्दै भट्टले नावालको शिघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । 
थप सहयोग गर्ने व्यक्तिलाई अवस्थीको ग्लोबल आईएमई बैंक बैतडीको ३१०७०१०००९९४७ र एनसीसी बैंक बैतडीकै ०२०००००१६४४१० नम्बरको खातामा सहयोग राशि जम्मा गरिदिन आग्रह गरिएको छ।