देशका विभिन्न जिल्लामा करोडौँ ठगी गर्ने एकजना धनगढीमा पक्राउ

देशका विभिन्न जिल्लामा करोडौँ ठगी गर्ने एकजना धनगढीमा पक्राउ

धनगढी : देशका ६६ जिल्लामा आफ्नो नेटवर्क विस्तार गरी ठगी गर्ने एक जना व्यक्ति कैलालीको धनगढीबाट पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सुडाका ३१ वर्षीय गणेश दत्त भट्टलाई सर्वसाधारण कृषकहरुलाई झुक्याएर करोडौ रुपैया ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका भट्ट सोमवार साँझ धनगढी उपमहानगरपालिका–७ शहिद गेट नजिकै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

कञ्चनपुर बेलौरीका पृथ्वीराज भट्ट लगायतका १९ जनाले ६७ लाख ३८ हजार एक सय ३५ रुपैया ठगी गरेको प्रहरीमा उजुरी दिएका थिए ।