सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। मंगलबार बिहान संसदीय दलको कार्यसमितिको बैठकले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको हो।

माघ १२ गते हुने सभामुख पदको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हो।  

यसैबीच सत्तारुढ नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मण लाल कर्ण, ओनसरी घर्तीमगर र देव गुरुङ रहेका छन्।