धनगढी : कैलालीको धनगढीमा पिम नेपाल चलचित्र महोत्सव २०१९ हुने भएको छ । आयोजक पिम नेपाल काठमाडौँले मङ्गलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै माघ ९ गते देखी ११ गते सम्म महोत्सव आयोजना गरिने जनाएको छ ।
माघ ९ र १० गते निर्माण व्यवसायीको भवनमा र माघ ११ गते बिभिन्न सांस्कृतीक कार्यक्रम सहित धनगढी रङ्गशालामा चलचित्र महोत्सव आयोजना हुने पिम नेपालका अध्यक्ष यादव खरेलले बताउनुभयो ।
पिम नेपालको आयोजनामा दोस्रो पटक चलचित्र महोत्सव आयोजना गरिन लागेको उहाँले बताउनुभयो । देशको राजधानी बाहिर पहिलो पटक महोत्सव आयोजना गर्न लागेको भन्दै उहाँले महोत्सवलाई सफल पार्न सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
चलचित्र महोत्सवमा झण्डै २० बढी चलचित्र प्रदर्शनमा रहेको जनाइएको छ ।