अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्ड सहमत

अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्ड सहमत

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ ।

आइतबार बिहान बालुवाटारमा नेकपा अध्यक्षद्धय बीच भएको छलफलमा सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

दुई अध्यक्षबीच सभामुखको उम्मेदवार छान्नेबारे छलफल भएको थियो । ओली र प्रचण्डबीच भएको छलफल र सहमतिपछि अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको छ।

आज बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद थियो ।