बिग ब्याश लिग : पर्थविरुद्ध सन्दीप लामिछानेले चार ओभरमा दिए २९ रन, लिए एक विकेट

बिग ब्याश लिग : पर्थविरुद्ध सन्दीप लामिछानेले चार ओभरमा दिए २९ रन, लिए एक विकेट

बिग ब्याश क्रिकेट लिगमा सन्दीप लामिछानेले पर्थ स्कर्चर्सविरुद्ध चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका छन् । टिमको सातौँ तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले ६ रन दिएर एक विकेट लिए ।

पहिलो बलमा नै चौका खाएका उनले दोस्रो बलमा एक रन बाइको रुपमा दिए । तर त्यो रन उनको खातामा जोडिएन । तेस्रो बल डट फाले । चौथो बलमा उनले लिभिङस्टोनलाई आउट गरे । उनले कार्टराइटको हातबाट उनलाई १८ रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि बाँकी दुई बलमा उनले एक एक रन दिए ।

दोस्रो ओभरमा उनले नौ रन दिए । टिमको नवाैँ तथा व्यक्तिगत दोस्रो ओभरमा पहिलो बल उनले डट फाले । त्यसपछि तीन बलमा एक एक रन खर्चिएका सन्दीपले चौथो बल डट फाले । पाँचौ बलमा चौका र ओभरको अन्तिम बलमा दुई रन खाए ।

तेस्रो ओभरमा उनले मात्र चार रन खर्चिए । टिमको १४ औँ तथा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले पहिलो र दोस्रो बलमा एक एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा पनि उनले एक रन खर्चिए भने चौथो बलमा पनि एक रन दिए । ओभरको पाँचौ बल डट फालेका उनले अन्तिम बलमा पनि डट फाले ।

त्यसपछि आफ्नो अन्तिम ओभरमा सन्दीपले १० रन दिए । टिमको १७ औँ ओभर लिएर आएका उनले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक रन तथा तेस्रो र चौथो बलमा एक एक रन दिए । त्यसपछि उनले पाँचौ बलमा एक रन दिए भने अन्तिम बलमा चौका खान पुगे ।