महिनावारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै कञ्चनपुरमा दुई महिलामाथि कुटपिट

महिनावारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै कञ्चनपुरमा दुई महिलामाथि कुटपिट

कञ्चनपुर : सरकारले महिला हिंसा र महिला माथि हुने विभेद अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सुरु गरिरहेका बेला कञ्चनपुरमा भने महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै महिलालाई कुटपिट गरिएको छ । 

महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको निहुमा कञ्चनपुर बेलडाँडीका एक पुरुषले दुई महिलालाई कुटपिट गरेका हुन् । बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खडकालाई कुटपिट गरेका हुन् । 

पीडित खड्का परिवारले महिनावारी भएका् बेला आफ्नो घरको बाटो हिँडेर भैंसीले दुध दिन छाडेको आरोपमा देउरानी–जेठानीलाई कुटपिट गरेको जनाएको छ । कुटपिटबाट घाइते भएका गीता र ईश्वरीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भइरहेको छ । 

‘हिजोसम्म देउरानीलाई महिनावारी भएको पाँच दिन भइसकेको थियो, ‘इश्वरीले भनिन्, ‘महिनावारी पछिपनि छिमेकी दलबहादुर शाहले हामीदुवै जनालाई कुटपिट ग¥यो ।’ दलबहादुरको जमिनमा बस्दै आएका खड्का र शाह परिवारको घर जाँदा हिँड्ने बाटो एकै छ । खड्का परिवार आरक्षपीडित हुन् । 

कुटपिट गर्ने शाहलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ । तर, घटनाको चौतर्फि बिरोध भईरहेको छ । स्थानीय, छिमेकी र महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कारबाहीको माग अघि सारेका छन् ।