सुदूरपश्चिम सरकारले ६ महिनामा ग¥यो १० प्रतिशत विकास बजेट खर्च

सुदूरपश्चिम सरकारले ६ महिनामा ग¥यो १० प्रतिशत विकास बजेट खर्च

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च २ सय ३९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज मन्त्रालयमै आयोजना गरेको पत्रकार सम्मेलन तथा विगत ६ महिनाको प्रगति समीक्षाका क्रममा उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा बजेट खर्च २ सय ३९ प्रतिशतले वृद्धि भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट मध्य पौष मसान्त सम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार बजेट खर्च भएको छ ।

यो कुल बजेटको १० दशमलब ८ प्रतिशत हो । जबकि गत आर्थिक वर्षको यसै अवधिमा ४.९५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । बजेट खर्च गत वर्षको भन्दा सुधार भएको भन्दै उहाँले शत प्रतिशत बजेट कार्यान्वयन गर्न तर्फ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयसँग आवश्यक समन्वय अघि बढाएको र सरकार अत्यन्त सजग भएर बजेट खर्च र विकास निर्माणका काममा लागिपरेको बताउनुभयो ।

राजश्व सङ्कलनमा समेत सुधार भएको मन्त्री वोहराले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । चालु आर्थिक वर्षका लागि तोकिएको ८८ करोड ६४ लाख मध्य हालसम्ममा ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख राजश्व सङ्कलन भइसकेको उहाँले बताउनुभयो ।