नेपाल भारत बिच सीमा पिलर मर्मत र पुर्ननिर्माण गर्ने सहमति

नेपाल भारत बिच सीमा पिलर मर्मत र पुर्ननिर्माण गर्ने सहमति

नेपाल भारतका अधिकारीको सीमा बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको चम्फावत जिल्लाको एनएचपिसीको हलमा नेपाल–भारत संयुक्त सीमा सर्वे बैठक सम्पन्न भएको हो । बैठकमा नेपाल भारत कैलालीको खर्कोलादेखि कञ्चनपुरको खल्लामछेट्टीसम्मका सीमा पिलर मर्मत, पुर्ननिर्माण एव हराएका पिलरको पहिचान गर्ने सहमति भएको छ । 

नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीद्वय यज्ञराज बोहरा र शुशिल बैद्यले गरेका थिए, भने भारतका तर्फबाट चम्पावत जिल्लाका डिएम सुरेन्द्रनारायण पाण्डेयले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यले दुवै देशको सीमा सर्वे प्राविधिक टोलीलाई सहयोग गर्ने उदेश्यका साथ आयोजित बैठकमा दुवै देशका अधकिारीले सहमतिमा हस्ताक्षर गरेको बताए । दुवै देशका अधिकारीविच कैलालीको खर्कोलादेखि कञ्चनपुरको खल्लामुसेटीसम्मका ७ सयदेखि ८ सय ११ नम्बर सीमा पिलरसम्मको क्षेत्रमा मर्मत, पुर्ननिर्माण गर्ने सहमती भएको छ । 

जोर नम्बरको पिलर भारतले र बिजोर पिलर नेपाललले मर्मत, पुर्ननिर्माण र हराएको खोजी गर्ने छ । सहमतीसंगै नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले छिट्टै काम शुरु गर्ने जनाएको छ ।