हेल्प फर ह्यापिनेस सुदूरपश्चिमद्धारा कपडा बैंकलाई सहयोग

हेल्प फर ह्यापिनेस सुदूरपश्चिमद्धारा कपडा बैंकलाई सहयोग

धनगढी : सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले धनगढीको कपडा बैंकलाई सहयोग गरेको छ । उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा सञ्चालनमा रहेको कपडा बैंकलाई कपडा सहयोग गरिएको हो।

बैंकमा कपडाको अभावलाई मध्य नजर गर्दै तीन सय ६९ थान कपडा सहयोग गरिएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले बताए।

कपडा हस्तान्तरण कार्यक्रममा इमरजेन्सी मेडिकल टीमका दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशी, इमरजेन्सी भेटनरी टीमका राधाकृष्ण खडायत सहित संस्थाको आपतकालीन असहाय कोषका सदस्यको उपस्थिती रहेको थियो।