पुलमा झुण्डिएर धनगढीमा एक जनाले गरे आत्महत्या

पुलमा झुण्डिएर धनगढीमा एक जनाले गरे आत्महत्या

धनगढी : सशस्त्र प्रहरी बलका पूर्व हवल्दार ४१ वर्षीय रामबहादुर खड्काले शुक्रबार राति आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली अगाडिको पुलमा आफ्नै गलबन्दीले पासो लगाएर खड्काले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हिजो रातिदेखि नै सम्पर्कविहीन रहनुभएका खड्का आज विहान पुलमुनि झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।