सुदूरपश्चिममा फेरि हिमपात

धनगढी खबर    

सुदूरपश्चिममा फेरि हिमपात

डोटी : गएको बुधवारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायत पहाडी तथा हिमाली जिल्लामा फेरि हिमपात भएको छ ।  बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । 

डोटीकोे खप्तडको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भइरहेको छ । चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका १ का हरि नेपालीले बताउनु भयो । ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठबाहिर निकाल्न समेत समस्या भएको छ’, उहाँले भन्नु भयो । 

चौथो पटक हिमपात हुँदा हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भएपछि स्थानीय किसान हिउँदेबाली सप्रिने आसामा खुशी छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । 

हिमपातका कारण घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य स?्घका महासचिब दीपकबहादुर खड्काले जानकारी दिनु भयो । 

उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण तापक्रम निकै घटेको छ । 



शुक्रबार ०३, माघ २०७६ ०१:२९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस