छाउपडी प्रथा हटाउन जनचेतना मुलक कार्यक्रम गर्न जनप्रतिनिधिलाई प्रशासनको उर्दी

छाउपडी प्रथा हटाउन जनचेतना मुलक कार्यक्रम गर्न जनप्रतिनिधिलाई प्रशासनको उर्दी

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा हटाउनका लागि ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

जिल्लामा रहेका साईपाल गाँउपालिका, तल्कोट, मष्टा, सुर्मा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा, केदार स्युँ, दुर्गाथली, विथ्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुलाई छाउपडी गोठ भत्काउन र ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न प्रशासनले अनुरोध गरेको हो ।

रुढिवादी परम्मरा, जनचेतनाको कमी तथा अन्ध विश्वासका कारण ग्रामीण बस्तीका महिलाहरु छाउ गोठमा बस्ने गरेको पाइएको छ ।

यसको अन्त्यका लागि छाउगोठ भत्काउने अभियानसंगै जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न सके झन प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । अहिलेसम्म बझाङ जिल्लाका सबै स्थानीय तहहरु गरेर ६३ वटा छाउगोठ भत्काइएको छ ।