युएईमा १८ जना नेपाली सवार बस दुर्घटना, ६ जनाको मृत्यु

युएईमा १८ जना नेपाली सवार बस दुर्घटना, ६ जनाको मृत्यु

संयुक्त अरब ईमिरेट्स युएईको राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटना भएको छ ।

आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान अहिलेसम्मम खुल्न नसकेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको आवुधावी प्रहरीले अनुमान गरेको छ । तर, स्थानीय प्रहरीले भने  लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ । 

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन्