कैलालीको अत्तरियामा जारी ‘सुदूपश्चिम प्रादेशिक महोत्सव २०७६’ दुई दिनका लागि स्थगित गरिएको छ । बर्षाका कारण महोत्सव संचालन गर्न समस्या भएका कारण आज (शुक्रबार) र भोली (सनिबार) का लागि महोत्सव स्थगन गरिएको अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले बताए ।
उनले मौसम विभागले पनि आज र भोली बर्षा हुने सम्भावना रहेको भनेका कारण २ दिनका लागि स्थगन गरिएको बताए । महोत्सव आईतबार देखि भने नियमित संचालन हुने छ ।
यस बर्ष महोत्सव सुरु हुनु पुर्व देखिनै मौसम बदलि भएर बर्षा हुँदै आएको थियो । महोत्सव सुरु भएयता महोत्सव उद्घाटनको दिन र माघ १ गतेका दिन घाम लागेको भएपनि अन्य दिन भने मौसमले महोत्सवलाई साथ दिएको थिएन ।
शुक्रबार रातिदेखि भने लगातार बर्षा भईरहेका कारण आज र भोलीका लागि महोत्सव स्थगन गरिएको आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ ।