सुन चाँदीको मूल्य स्थिर हेर्नुहोस कति ?

सुन चाँदीको मूल्य स्थिर हेर्नुहोस कति ?

नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबार तोलामा ७४ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य आजपनि सोही भाउमा कारोबार भइरहेको छ । 

नेपाली सुन चाँदी व्यवसाय संघकाअनुसार तेजावी सुन तोलामा ७४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।