धनगढीबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

धनगढीबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

धनगढी : प्रहरीले धनगढीबाट लागु औषध ब्राउन सुगरसहित तीन जनलाई पक्राउ गरेको छ । आइतबार धनगढी उप महानगरपालिका वडा नम्बर ८ बाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनगढीको बुद्ध चोकमा डेरा गरी बस्दै आएका २० वर्षीय उमेश धामी, २० वर्षकै उमा चौधरी र १९ वर्षकी असरानी चौधरी रहेका छन् ।

प्रहरीले उनीहरूका साथबाट ५ सय १० मिलिग्राम ब्राउग सुगर र सेवन गर्न प्रयोग गरेको १० रुपैयाँको नोट लगायतका सरसामान समेत बरामद गरेको छ ।

उनीहरूलाई कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नयाब उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।