स्ववियु चुनाव गराउन क्याम्पसहरु तयार, सुरक्षा माग

धनगढी खबर    

स्ववियु चुनाव गराउन क्याम्पसहरु तयार, सुरक्षा माग

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्याम्पस प्रमुखहरुले ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग गरेका छन्।

केन्द्रीय स्ववियु निर्वाचन अनुगमन समितिले स्ववियु चुनाववारे छलफल गर्न सोमबार गरेको उपत्यकाका क्याम्पसहरुको भेलामा प्रमुखहरु स्ववियु चुनाव गराउनुपर्ने पक्षमा देखिए पनि ठूला संगठन अन्तिमसम्म तयार हुनेमा भने आशंका व्यक्त गरेका छन्।

विगतका बर्षमा स्ववियु चुनावको तयारी भए पनि अन्तिममा स्थगित भएको स्मरण गर्दै उनीहरुले प्रतिबद्धता र सुरक्षित वातावरण बनाउन आगह गरे। 
 



मङ्गलबार २९, पुष २०७६ १२:५० मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस