नेविसंघको 'चिनौं सिमाना, जोगाऔं माटो' अभियान कैलालीमा

नेविसंघको 'चिनौं सिमाना, जोगाऔं माटो' अभियान कैलालीमा

धनगढी : नेपाल विद्यार्थी संघद्वारा सचालित ’चिनौं सिमाना, जोगाऔं माटो’ अभियान कैलालीमा पुगेको छ । ’चिनौं सिमाना, जोगाऔं माटो’ अभियानअन्तर्गत कोरौं नेपालको वास्तविक नक्सा कार्यक्रम कैलालीको अत्तरियामा पुगेर समापन भएको हो ।

संघीय राजधानी काठमाडौं बसन्तपुरबाट सुरु भएको अभियान कैलालीमा पुगेर समापन भएको विद्यार्थी संघले जानकारी दिएको छ । अत्तरिया चोकमा संघका विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लगाइ नक्सा समेत सार्वजनिक गरेका हुन् ।

अभियान समापन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व महामन्त्री कुन्दनराज काफ्लेले सातवटै प्रदेशका विद्यार्थीले नेपालको वास्तविक नक्सा कोरेर राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले नेपालमा पटक–पटक गरेको जनगणना, सर्वेक्षणले लिपियाधुर, लिपुलेक र कालापानी नेपालको भएको उल्लेख गर्नुभयो ।