आठ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

आठ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

दुई दिनदेखि सुनको मूल्यमा निरन्तर ओरालो लागिरहेको छ । सोमबार दुई सयले बढेको सुन मंगलबार एकैपटक आठ सयले घटेको छ ।

सोमबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ७४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन आज तोलामा ८ सय रुपैयाँले घटेर ७३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।